रामेछापमा बस दु’र्घटना : मृ’तकको संख्या ९ पुग्यो

0
1

रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दु”र्घटना हुँदा मृ”त्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घा”इतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ पुरुष र ४ महिलाको घ”टनास्थलमै मृ”त्यु भएको घ”टनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।

उनका अनुसार २१ जना घा”इतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । ग”म्भीर घा”इते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् । यस्तै,,गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संवेदनशीलता बढी भएका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनु पर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा प्र”हरी बिधेयकमाथिको छलफलमा मन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताए ।

सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो व्यवस्था गरेको हो, प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन,’ उनले भने । अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेका र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै बैठकमा उनले भने, ‘सुरक्षासँग सम्बन्धित कतिपय नीति निर्णयको गोपनियता पनि राख्नु पर्छ र उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।

प्र”हरी विधेयकमा उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्र”हरीले गर्ने भनिएको छ । उपत्यकाको सुरक्षाको केन्द्रमा राख्ने प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत छन् । तर नेकपा माओवादी केन्द्रका सांसदले भने त्यसमा विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here