हे भगवान् ! यी नै हुन अर्जुन जिप दु’र्घ’टनामा गुमाए आमा र २ जिउकी श्रीमती , छोरा घा’इते(हेर्नुस् )

0
4

शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ नगरपालिका–१४ सिख्रेबाट मतदानस्थलसम्म पुग्न करिब ४५ मिनेट लाग्थ्यो ।अर्जुन कुँवर श्रीमती र आमालाई लिएर मतदान गर्न जाने तयारीमा थिए । त्यत्तिकैमा गाउँलेलाई लिन एउटा जिप आइपुगेको खबर सुने ।

कुँवरकी श्रीमती २५ वर्षीया श्रीमती जमुना कुँवर २ जिउकी थिइन् । हिँड्न गाह्रो होला भनेर उनले जमुनालाई आमा ४३ वर्षीया पोटकुमारी र भाञ्जा कुशलसँगै जिपमा मतदानस्थलसम्म पठाउने निर्णय गरे । उनीहरुको साथमा गत पुसमा मात्रै २ वर्ष पुगेका छोरा अनिष कुँवर पनि थिए ।केहीबेरम अर्जुनले अप्रत्याशित खबर सुने, ‘जिप पल्टियो ।’ कुँवरको होस, हवास उड्यो ।

‘२ जिउकी भएकी बुढी हिँड्न गाह्रो हुन्छ होला भनेर गाडीमा जाऊ भनेको थिएँ । गाडीमा केही घुमाउरो बाटो पर्थ्यो । तर, हिँडेर सिधै जान मिल्थ्यो,’ कुँवर भन्छन्, ‘जेठ अन्तिममा डेलिभरी केस भएकाले हिँड्नु हुन्न भनेर गाडीमा जाऊ भनेको थिएँ ।’

१४ जनाको मृ’त्यु हुने गरी सिख्रेबाट मतदान केन्द्रतर्फ गइरहेको उक्त जिप दु’र्घट’नामा कुँवरले श्रीमती जमुना, आमा पोटकुमारीलाई गुमाएका छन् । दुर्घटनामा दुई वर्षका छोरा अनिशको शरीरभरि चोट लागेको छ । उनले छोरालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याएका छन् ।

अनिषलाई भुलाउन एउटा खेलौना दिइएको छ । उनी एकछिन खेल्छन्, घरिघरि दुख्यो भन्दै आमा खोज्छन् । ‘ऐ’या भन्छ । रुन्छ । मैले के गर्ने, के भन्ने ?’ निरश मुद्रामा कुँवर प्रश्न गर्छन् । अस्पताल आएकाहरु अ’निषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पीडासमेत अनुभूत नभएका उनले सा’न्त्वनाको भाषा के बुझुन् ?

दुर्घटनामा श्रीमती र आमाको मृ’त्यु भएको भनेर अर्जुनलाई अरुले नै खबर पुर्‍याइदिएका हुन् । तर, उनलाई विश्वास छैन । एम्बुलेन्सले घाइतेहरु ल्याउँदा पटकपटक त्यतै आँखा सोझ्याउँछन् । तर, प्रत्येक पटक नै उनी फरक अनुहार पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here