काठमाडौं / नाबालिका कर’णी अभियोगमा थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ।
तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो। पलको करिब छ घन्टा बयान लिइएको हो।
हिजो बयान सकिएसँगै आज बुधबार थुनछेक बहस हुनेछ। सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन्। अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए।
अन्य समाचार : काठमाडौं ।
विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् ।
बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । पूर्वमन्त्री पण्डितले आफैं अटो रिक्सा चलाएको तस्वीर फेसबुकमा राखेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ । कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाको पनि मेयरमा उठ्ने चर्चा छ । एमालेका नेताहरूले मेयरको चर्चा गरे पनि लालबाबुले यसबारे मुख खोलेका छैनन् । नेकपा एमालेले केन्द्रीय नेताहरूलाई स्थानीय तहको चुनावी अभियानमा खटाएको छ ।
स्थानीय तहमा जिताएको आधारमा प्रतिनिधि सभामा टिकट वितरण गर्ने एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा बताएका थिए ।















