हाकिम सा’पको नाङ्गै शरीरमा हिलो फालेर बजार परिक्रमा

0
36

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका नेता/कार्यकर्ताले कुटपिट गर्दै ‘बन्धक’ बनाएर नगर परिक्रमा गराएका छन्।जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा क्षेत्रमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै लाठी भाटासहित सयौंको संख्यामा पिडारीचोकस्थित कार्यालय पुगेका जनमतका नेता कार्यकर्ताले त्यहीँबाट कठालो समात्दै लछारपछार गरेर बन्धक बनाएका थिए। जनमत पार्टीका अध्यक्ष सिके राउत त्यहीँका बासिन्दा हुन्।

‘लाठी भाटासहित सयौं जना ढोका, गाडी, कम्प्युटर तोडफोड गर्दै उनीहरू कार्यालय छिरेका थिए। अन्य कर्मचारीलाई पनि हातपात गरे। राजेश सरलाई कुट्दै उनीहरूले बाहिर निकालेर जुलुसमासँगै लगे,’ कार्यालयका एक कर्मचारीले भने।

कार्यालय परिसरमा पार्क गरिराखिएका मोटरसाइकल, गमला लगायत भौतिक संरचना समेत उनीहरूले तोडफोड गरेको ती कर्मचारीले बताए।कार्यालयबाट बन्धक बनाएर लगेको करिब एक घण्टा नगर परिक्रमा गराएपछि मात्र प्रहरीले कुशवाहाको उद्धार गरेको थियो। प्रदर्शनकारीले प्रहरीलाई समेत हातपात गरेका छन्।

‘यिनीहरूले कार्यालय प्रमुखलाई बन्धक बनाउने वा त्यस्तो केही गतिविधि गर्ने प्रहरीलाई सूचना थिएन। जुलुस रामानन्द चोक आइपुग्दा प्रहरी टोली पुगेको थियो। रेस्कयु गर्न खोज्दा प्रदर्शनकारीले प्रहरीलाई नै कुटपिट गर्न थाले,’ एक प्रहरीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here