टिपरको ठक्करबाट युवतीको मृ”त्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार त’नावग्रस्त बनेको छ। चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठ”क्करबाट मृ”त्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाईकललाई पछाडिबाट गएको भे १ ख ३१०२ नम्बरको टिप्परले ठ”क्कर दिएको थियो। दु”र्घटनामा घा”ईते भएकी पुलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोही दिन मृ”त्यु भएको थियो।
मृ”तकका आफन्तले राहतसहित दो’षीलाई का”रबाहीको माग गर्दै सोमबार दिउँसो १२ बजेदेखि छिन्चु बजार बन्द गराएका छन्। बजार क्षेत्रको व्यवसायसँगै सुर्खेत–नेपालगञ्ज सडक समेत बन्द गराइएको छ। टिपर र चालक बर्दियाको बासंगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रह’रीले नियन्त्रणमा राखेको जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। मोटरसाइकल चालक लेकवेशी–८ का २० वर्षीय मिलन विकलाई पनि प्र’हरीले नियन्त्रणमा लिएको उनले बताए।
यस्तै,,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अरू वाम पार्टी नै नभएकाले उनीहरूसँग एकता नहुने बताएका छन्। सोमबार बसेको एमालेको पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल, रघुजी पन्तलगायतले वाम एकता गरेर जानुपर्ने प्रस्ताव राखेका थिए। जवाफ ओलीले आफ्नो पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने, पार्टीका सांसदलाई फुटाउन सभामुखको प्रयोग गर्ने र कांग्रेसको सेवा गर्नेहरू वाम नभएको उल्लेख गर्दै उनीहरूसँग एकता नहुने बताएका हुन्।
उनले माओवादीका नेता/कार्यकर्ता एमालेमा आउन चाहे उनीहरूलाई उचित स्थान दिएर स्वागत गर्न सकिने भए पनि सिंगै पार्टी एकता गर्न नसकिने बताएका थिए। आजको बैठकमा स्थायी कमिटी सदस्य भुसालले वाम एकताका गर्नुपर्ने कारणहरू पनि प्रस्तुत गरेका थिए। उनले वाम एकता गर्नुपर्नाका चार वटा प्रमुख कारण रहेको बताएका थिए। भुसालले आजको बैठकमा नेकपा एमाले वाम एकताको मूल प्रवाह भएकाले,
तीन वटा पार्टीको विभाजनका वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले, निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न र कम्युनिस्ट पार्टीका अत्यधिक बहुसंख्यक सदस्य र कार्यकर्ताले कम्युनिष्ट पार्टीको एकता चाहेको हुनाले कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक भएको बताएका थिए। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि महेश बस्नेत लगायत नेताहरूले भने यसमा अल्झन नहुने बताएका थिए।















