आज पनि घट्यो सुन, तोलाको कति ? नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो।आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
अन्य समाचार:- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिददर १३१.१७ रुपैयाँ रहेको छभने बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।
आज एक युरोको खरिददर १४२.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १४२.८५ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिददर ३४.९४ रुपैयाँ रहँदा बिक्रीदर ३५.१० रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ रहेको छ भने बिक्रीदर २९.८६ रुपैयाँ रहेको छ।















