रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र, सर्वोच्चमा पुग्यो अर्को मुद्धा

0
3
रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र, सर्वोच्चमा पुग्यो अर्को मुद्धा

रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र, सर्वोच्चमा पुग्यो अर्को मुद्धा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र बाहिर आएको छ । खुट्टामा काँढा बिझेर निकाल्न मात्र निहुरिएको हुँ, झुकेको हैन भन्ने अभिव्यक्ति दिएको केही दिनमा नै उहाँ विरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ ।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ । प्रवक्ता बिमल पौडेलले भन्नुभयो, ‘रिट आइपुगेको छ, अध्ययनपछि केही सच्याउनपर्ने भएकाले उहाँ (युवराज सफल) ले फेरि लिएर जानु भएको छ ।’ रिट लिएर सर्वोच्च पुगेका युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताउनुभयो ।

अझै कसिलो बनाउन सर्वोच्च प्रशासनले थप जानकारी दिएर सफललाई पठाएको स्रोतको दावी छ । अदालत भित्रबाट नै रविलाई जसरीपनि अप्ठ्यारोमा पार्नेगरी पो काम भइरहेको हो की भन्ने आशंका रविका पक्षले गरेका छन् । प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।

प्रहरी र महान्यायाधिवक्ता कार्यालयलको यही निर्णय उल्ट्याएर राहदानी दुरुपयोग कसुरमा लामिछाने विरुद्ध मुद्धा चलाउनुपर्ने माग गरिएको रिट निवेदन सर्वोच्च अदालत पुगेको हो । नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै त्यतिबेला रविले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र सांसद पद गुमाउनुभएको थियो । पछि नयाँ नागरिकता बनाएर उहाँ चितवनबाट बैशाख १० निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । यसलाई धक्का दिन फेरि षड्यन्त्र भएको रवि निकटको आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here