डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृ”त फेला परेका छन्। आलिताल–५ भावरका धनबहादुर विककी श्रीमति पशुपति विक र धनबहादुर सहोदर भाइ गणेश विक एउटै रूखमा झु”ण्डिएको अवस्थामा फेला परेको इलाका प्र”हरी कार्यालय जोगबुढाले जनाएको छ ।
आलिताल ३ र ५ को सिमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झु”’ण्डिएको अवस्थामा सोमबार फे”ला परेको जोगबुढाका प्र”हरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।
उनका अनुसार घ”टनास्थल वडा नं. ३ मा पर्दछ। घटनाबारे बुझ्न आफू घ”टनास्थलतर्फ गइरहेको र आलिताल प्रहरी चौकीको टिम घ”टनास्थलमा पुगिसकेको इन्सपेक्टर बडूले बताए। जिल्लाबाट प्र”हरी नायव उपरीक्षक देवेन्द्र पालको टोली पनि आलिताल आइरहेको बताए ।
घ”टनाबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ। यो पनि-एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उब्जाएका हुन् ।
१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भने, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो ।
प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’














