काराेबारकाे तेस्रो दिन आज (मङ्सिर २० गते) मंगलबार सुन र चाँदी दुवै काे भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार ६ सय रुपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज मंगलबार तेजावी सुन प्रति तोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज मंगलबार ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















