चर्चित लोक गायक राजु परियारका बुबाको निधनपछि दुखी हुँदै लेखे यस्ता शब्द

0
1

काठमाडौं  । कलाकार राजु परियारलाई पितृशोक परेको छ । चर्चित लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको निधन भएको हो । उहाँको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै ाउनु भएका परियारको उपचार चलिरहेको थियो । उहाँ विगत ३–४ वर्षदेखि फोक्सोको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर थियो । काठमाडौंमा उपचार गराउनु भएका उहाँको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन लगिएको थियो ।

तर चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आयो र उपचारका क्रममा भरतपुर अस्पताल पुर्याइयो । लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित जानकारी गराउनु भएको छ । उहाँले लेख्नु भएको छ ।

बुवा आजदेखि मलाइ घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दशैंको टिका लगाउँदा भन्नु भाथ्यो अर्को सालको दशैं म नहुन पनि सक्छु भनेर ! सायद हजुरलाई थाह थियो होला यी कुरा, तर मलाइ भन्नु भएन किन ?

जे होस् मेरो बुवाको जेठो छोरा म…मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाको लागी बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तीको कामना बुवा हजुर ! मरन सत्य छ तर म सङ्ग झझल्को र आसु बाहेक केही छैन बुवा !!!’ मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी हुन् । दुवै श्रीमतीसँग उनी चितवन बस्दै आउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here