गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृ’त्यु भएको घोषणा गर्दै थिए। धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ। ‘बुबालाई जित्दैछु भन्ने त थाहा थियो’, उनका छोरा मदनले भने, ‘जितेको खबर सुन्नचाहिँ पाउनु भएन।’ उनले लगभग हजार मतको नतिजा सुनिसकेका थिए। चार सय हाराहारी मतको नतिजा आउन बाँकी थियो।
शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए। विराटनगरको नोबेल अस्पतालमा पुर्याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे। मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो।
यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो। गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने बान्ता आउने भयो,’ मदनले भने, ‘त्यत्तिकैमा उहाँ बेहोस हुनुभयो। त्यसपछि होस आएन। मगरका दुई छोरा र पत्नी छन्। यस्तै,कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
नेकपा एमालेभन्दा कांग्रेस उम्मेदवार एक हजार बढी मतले अघि छन्। कांग्रेसका राजकुमार नकर्मीले २६२० मत पाएका छन्। यस्तै नेकपा एमालेका केशरत्न बज्राचार्यले १६०५ मत पाएका छन्। उनीहरूबीच १०१५ मतको मतान्तर छ। यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार शुभलक्ष्मी शाक्यले अग्रता लिएकी छन्। उनले २४१५ मत पाएकी छन्। उनका एमालेबाट प्रतिस्पर्धी विन्दु महर्जनले २३०३ मत पाएकी छन्।
कीर्तिपुरमा तीन वडाध्यक्षहरू निर्वाचित भइसकेका छन्। तीन जना वडाध्यक्षहरूले कांग्रेसबाट उम्मेदवारी दिएका थिए। वडा नम्बर १ मा ७७८ मत पाएर हिरालाल महर्जन, वडा नम्बर २ मा ८८६ मत पाएर रूपेश महर्जन र वडा नम्बर ३ मा ९८८ मत पाएर सुविन्द्र महर्जनले जितेका छन्।















