दाइले नै बुबाको ह”त्या गरेपछि १७ वर्षीया रमिताको बिचल्ली, लोकेन्द्र भन्छन्- पछुतो छैन’

0
1

बैतडीमा दाइले बुबाको ह”त्या गरेपछि एक किशोरीको विच’ल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको बन्चरो प्र”हार गरि ह”त्या गरे । बुबाको ह”त्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिच”ल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृ”त्यु भएको थियो । ‘म चार वर्षकी छँदा आमाको मृ”त्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको ह”त्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।

चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२ को परीक्षा दिएकी छन् । उनको गाउँकै सबैभन्दा विपन्न परिवारमा पर्छ । लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशीका बुबा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर, उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्, ‘इडीएफ कोर्षमा पनि फेल भएको दाइले एसर्ईई पनि पास गर्न सकेका थिएनन् । दुई वर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैसाले गाई किन्याँै ।

त्यसबाहेक दाइको कमाई नै थिएन । हाम्रो सहारा बुवा मात्रै हुनुहुन्थ्यो । बुबालाई पनि दाइले ह”त्या गर्नु भयो । म एक्लै भएँ, अब म के गरौँ ? कहाँ जाउँ ? मेरो सहारा कोही छैन् । अन्तराम जोशी बिहानै ५ बजे उठेर आँगनमा मोही पार्ने पारो धोइरहेका थिए । यसैबेला बन्चरोसहित ढोकाबाट बाहिर निस्केका छोरा लोकेन्द्रले बुबामाथि बन्चरो प्र”हार गरे । पहिलो चोट लागेपछि पानी खोज्न गएका अन्न्तरामलाई पाँचपटक बन्चरो प्र”हार गरे लोकेन्द्रले । लोकेन्द्रको बन्चरो प्रहारबाट अन्तरामको मृ”त्यु भयो ।

लोकेन्द्रले अन्तराम आफ्नो बुबा नभएको बताए पनि उनी छोरा भएको आफन्त बताउँछन् । स्थानीयवासीका अनुसार मृतकका दुई छोरी र एक छोरा छन् । जेठी छोरी राजमतीको विवाह भइसकेको छ भने कान्छी छोरी रमिता अविवाहित छिन् । राजमतीको घर महेन्द्रनगरमा छ । बुबाको ह”त्या गर्नु केही दिन अघिदेर्खिे लोकेन्द्र कसैसँग नबोल्ने गरेको स्थानीयवासीको भनाइ छ । ह”त्याका अभियुक्तलाई कानुनअनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

बुवाको ह”त्यापछि लोकेन्द्र धारातर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफूले बुबाको ह”त्या गरेको बताए । त्यसपछि गाउँलेले प्र”हरीलाई खबर गरे । ‘मैले केही समय अघिदेखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा चारजना अरु पनि छन् । मैले घटना स्वीकार गरिसकेकाले एक वर्ष पनि जेल बस्दिन होला । मेरो खानामा थुक्ने, मलाई गाली गर्ने भएका कारण बुबा मारेको हुँ,’ लोकेन्द्रले भने ।

आफु मृ”तक अन्तरामको छोरा समेत नभएको लोकेन्द्र बताउँछन् । ‘मलाई उसले (अन्तराम) पालेको मात्रै हो । म उसको छोरा नै होइन,’ उनले भने । यसअघि नै १०–१२ पटक बुबाको ह”त्या गर्न खोजेको उनको भनाइ छ । डिलाशैनी गाउँपालिकाभरिका टुहुरा बालबालिकाका लागि नीति निर्माण गरि टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here