छोराछोरीसहित आमाले पोखरीमा हाम फा’ल्दा छोराछोरीको डु’बेर मृ”त्यु

0
3

महोत्तरीको औरही नगरपालिका-१ मा शुक्रबार राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फा’ल्दा दुवै छोराछोरीको डु’बेर मृ”त्यु भएको छ। जिल्ला प्र”हरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजित कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डु”बेर मृ”त्यु भएको हो।

महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उ’द्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई राति नै मृ’त घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ। प्र’हरीले घ’टना पश्चात गए राति ११ बजे नै मृ’तक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घ’टनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रह’रीले जनाएको छ।

यस्तै,,बुद्ध एयरले नयाँ वर्षको अवसर पारेर २०७९, वैशाख २ गतेदेखि भद्रपुर-पोखरा-भद्रपुर दैनिक सिधा उडान गर्ने भएको छ। यस रूटका लागि बुद्ध एयरले शुरुवाती भाडादर रु. ६,९०० कायम गरेको छ। पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुनेछ। यस उडानबाट दुबै प्रदेशका वासिन्दासँगै सिमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बुद्ध एयर काठमाडौंबाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ। यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ। बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन्। सिमापारिबाट आएका पर्यटकहरू भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्छन्।

भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन्’, विज्ञप्तिमा भनिएको छ। बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज पनि ल्याएको छ। भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रूपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here