गोरखाको बालकी मतदान केन्द्रमा माओवादी र कांग्रेसबीच झ’डप, मतदान रोकियो

0
3

गोरखा : गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झ डप हुँदा मतदान रोकिएको छ । आधा घण्टादेखि ढुंगा हा ना हुँदा मतदान रोकिएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

‘बाहिर ढुं गा हा नाहा नको स्थिति छ । मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएको छ,’ उनले भने, ‘कर्मचारीहरु सुरक्षित हुनुहुन्छ । मतदान रोकिएको छ ।’

घ टनास्थ लमा थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको टोली आउँदै गरेको जानकारी पाएको उनले बताए । गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि मतदान केन्द्रमा यसअघि पनि माओवादीले अवाञ्छित गतिविधि गरेपछि दोहोरो झ डप भएको हो । झ डपछि ह वाई फा यरिङ भएको थियो ।

ज्ञानमार्ग केन्द्र सुचारु भएलगत्तै बालकीमा झ डप भएको हो ।गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र विगतका चुनावदेखि नै माओवादी केन्द्रले क ब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ ।

अन्नपुर्ण पोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here