नाबालिकाको गोप्य सुचना दिन पलले म्यानेजर कृष्ण जोशीलाई ५० लाखको अफर गरेका थिए

0
3

जिल्ला अदालत तनहुँमा दर्ता भएको पल शाहवि रु द्धको अ भि योग पत्रमा उनका म्यानेजर कृष्ण जोशीले नाबालिगसँग परिचितलाई उनको गतिविधिबारे जानकारी दिएबापत ५० लाख दिने अनि सूचना नदिए ह त्या गर्ने ध म्की दिएको बयान समेत समावेश भएको खुलेको छ।

दुर्गा अधिकारीले दिएको बयानमा नाबालिगको नराम्रो गति धीका प्रमाण दिएमा जोशीले ५० लाख रुपैयाँ दिने भनेको नदिए ह त्या समेत हुनसक्ने भनेर ध म्क्या एको उल्लेख छ।

उनको बयानमा साउन महिनामा काठमाडौँ आएर २१ दिन पीडित नाबालिकाको कोठामा बसेको उल्लेख छ। उनको कोठामा बस्दा पीडितले आफूलाई प्रतिवादी शाहले पटक-पटक ज ब र जस्ती क र णी गरेको बताएको खुलाएकी छिन्।

उनको बयानमा जोशीले ‘तिमीले पीडित नाबालिका काँहा जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसबारे नराम्रा खबर बुझेर खबर दिए ५० लाख रुपैयाँसम्म दिने भनेर अफर गरेको दाबी छ।

उनले म्युजिक भिडियो खेल्ने अवसर दिने भनेर फकाएको र भने अनुसारको काम नगरेपछि ध म्की दिएर म्यासेज पठाएको उनको बयानमा उल्लेख छ। सार्वजनिक भएको अडियोमा नाबालिगले उनीबारे कुरा गरेकी थिइन्। अडियोमा सँ गै ब स्ने दिदीले सबै थाहा पाएपछि आफूलाई भनेको नाबालिगले बताएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here