नाबालिग गायिका ब’ ला’त्कार अभियोगमा मु’द्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । प्रहरी हिरासतमा रहेका नायक शाहविरु’द्ध आजै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो ।
३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिए । ‘सरकारी वकिलको कार्यालयले आजै मु द्दा दर्ता गरेको थियो । अभियुक्तहरूको बयान लिने काम भइरहेको छ,’ उनले भने । दुवै पक्षका कानुन व्यवसायी बयानमा उपस्थित छन् ।
जिल्ला न्यायाधीशको रोहबरमा पल र उनका म्यानेजर जोशीले बयान दिइरहेका छन् । उनका अनुसार बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा सग्लन प्रमाणको आधारमा थुनछेक आदेश हुने उनले बताए । ‘प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुन्छ,’ उनले जानकारी दिए ।
१२ देखि १४ वर्षको कैद सजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा मुद्दा दर्ता गराएको शर्माले उल्लेख गरे । ‘पी डित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता भएको हो,’ उनले स्पष्ट पारे ।
जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि आधा सजायको माग राख्दै मुद्दा दर्ता गरिएको छ । जोशी मतियार भएकाले शाहलाई हुने सजायको आधा सजाय मागसहित मुद्दा दर्ता गरेको उनले बताए । बाल गायिकालाई बलात्कार गरेको जाहेरी तनहुँ प्रहरीमा परेपछि उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । ११ फागुनमा नाबालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । सुरुमा बालिकाको परिवार कास्की प्रहरीमा उजुरी दिन पुगेको थियो । तर, अन्तिम पटक घटना तनहुँमा घटना भएको भन्दै कास्की प्रहरीले बालिकाको परिवारलाई तनहुँ पठायो । पलविरुद्ध दिएको जाहेरीमा अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा ब लात कार भएको उल्लेख छ ।
पल शाहको बयान यस्तो छ : पल शाहको बयान :
मैले मिति २०६९ सालमा कलाकारिता क्षेत्रमा प्रवेश गरी नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै भिडियोहरुमा अभिनय गर्ने क्रममा राम्रो स्वर भएकी गायिका…सँग २०७७ असोज २२ गते काठमाण्डौ साँखुमा भेट भएको हो।
चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीबीच फोन तथा सामाजिक संजाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा विभिन्न स्थानमा गई बस्ने गरेका थियौँ।
२०७८ वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गरेका थियौं।
राति ११:४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ।
पी’डित नाबालिगले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन्।
२०७८ सालको असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो म्यानेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पी’डित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि बिहे गरौँला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ।
पीडित १८ वर्षभन्दा कम उमेर नाबालिग हुन भन्ने कुरा मलाई जानकारी थियो। पीडितपक्षले पेश गरेको अडियो रेकर्डमा भएको स्वरमध्ये गर्ल फ्रेण्ड ब्वाइफ्रेण्डबीच हुनु भनेको नर्मल हो भन्ने शब्दहरू रहेको आवाज मेरो आफ्नै हो।















