प्रकाश सपुतले विवादित गीत हटाएर फेरि अपलोड गरे यस्तो भिडियो ,फेसबूक मा लेखे भा’वुक सन्देश -भिडियो

0
2

काठमाडौं – गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भए देखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ। माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन्।

माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन्। गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका थिए।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेख्दै सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने बताएका छन्।  माओवादी जनयुद्धकाे विषयलाई समेटेर प्रकाश सपुतले बनाएकाे गीत ‘पिर’ ले कीर्तिमान बनाएको थियो

सर्वत्र चर्चामा रहेको गीतले एक सातामै एक करोडले  हेरेको उक्त गीत उनले सनिवार आफ्नो यट्युव च्यानल बाट हटाएर पुन नयाँ अपलोड गरेका छन नयाँ भिडियोमा जुन विवादमा आएको भाग थियो भाग कट गरी उनले पुन अपलोड गरेका छन।

समा  प्रयाेग गरिएकाे केही दृश्यलाई माओवादीलगायतले आपत्ती जनाए पनि गीतको चर्चा घटेको छैन।विवादसँगै प्रकाशकाे उक्त गीतले नयाँ सफलता पनि हात पारेकाे थियो । उनले सामाजिक सञ्जाल मा लामो स्ट्राटस सहित रिअपलोड गरेको जानकारी दिएका छन ।

हेर्नुहोस् उनले लेखेको लेख जस्ताको जसतै ।

सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दि , १५ दिनमा #कुराबुझ्नपर्छ र ७ दिनमा #पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको  टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने  असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र  संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । I’m done !
खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ।

सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत  गराएको  छ ।सिर्जना गर्दा  अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने  कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ?   यो  बहस हुन जरुरी छ । भैईरहोस ।  जे होस,  पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले,  पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो ।

अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध )  तर लाखौ सब्सक्राईब भएको Pakash Saput official Youtube  मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो ।

त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर  यो बिचमा  आएका तपाईको प्रतिक्रिया,  अग्रज स्रष्टा सर्जकहरुको सुझाव !  लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि- अपलोड गरिएको छ ।  साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने  निर्णय गरेको छु ।

केहि दृष्यमाथीको आलोचना,  व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु  तर गित र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन  र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…
#पिर- Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !

भिडियो हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here