देउवा सरकारमा अब प्रचण्ड र नेपालका दिन सकिए, यसरी टुट्न सक्छ अब गठबन्धन, कम्युनिष्ट पार्टीका नेताहरुबीचको वैमनस्यताका कारण सरकारमा पुगेका शेरवहादुर देउवालाई अब सरकारमा बस्न फेरी अर्को चुनौतीको सामना गर्नुपर्ने भएको छ । अब देउवाका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समस्याका रुपमा देखिएको छ । यहि कारणले अब गठबन्धनमा पनि प्रभाव पर्ने देखिएको छ । गठबन्धनमै रहेका दलहरुमध्य केही एमसीसीको पक्षमा छन् भने केही विपक्षमा ।
देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि साथ छ । यद्धपी एमालेले एमसीसी प्रतिको धारणा सार्वजनिक गरिसकेको छैन । अन्य दलले सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बताउने भन्दै आएको छ । यस विषयमा पटक पटक देउवा र ओलीका बीचमा कुराकानी भइरहेको छ । ओली पहिले देखि नै एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा थिए ।
सबै भन्दा विरोधमा उत्रिएका प्रचण्ड अहिले सत्ता गठबन्धनमा छन् । माधव कुमार नेपाल पनि कुनै पनि हालतमा एमसीसी पास हुनुहुँदैन भन्दै आएका छन् । यस्तो अवस्थामा अब देउवाले एमसीसी कसरी पास गर्छन त्यो भने निकै कठिन देखिएको छ । यो विषयमा रस्साकस्सी हुँदा सरकार साझेदार दलहरुबीचमै विवाद आउने देखिएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका लागि निकै पेचिलो बन्न पुगेको छ। यी दुई दल संशोधन गरेरमात्र एमसीसी पारित गर्ने पक्षमा रहे पनि अमेरिका संशोधनका लागि तयार नभइदिँदा उनीहरुका लागि पनि समस्या छ । दलमा रहेका नेताहरुको विरोधका कारण नेकपा कालमा पनि संसदबाट एमसीसी अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको थिएन।
माधव नेपालको साथका कारण सत्तारोहण गर्न सफल भएका देउवालाई एमालेको साथ र सहयोग प्राप्त भयो भने सत्तामा निरन्तरताका लागि देउवालाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथको जरुरत पर्नेछैन। त्यसैले पनि एमसीसीकै कारण सत्ता गठबन्धन भत्कन सक्ने अनुमान लगाउन सकिन्छ ।
एमालेका ९८ र नेपाली कांग्रेसका ६३ सांसदले पक्षमा मतदान गर्नासाथ २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सहज रुपमा एमसीसीको पक्षमा बहुमत पुग्छ।
यही कुरा बुझेर ओलीले देउवाले एमसीसीमा सहयोग गर्नु भन्ने सन्देश सहित पठाएका दूतलाई एमसीसी अनुमोदनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धन तोड्ने सर्त ओलीले राखेका छन् ।















