लामो समयदेखि स्पेनमा बसेर कथा सुनाउदै आएका छन् साइग्रेस पोख्रेल ।आफ्नो आवाजले नेपालीहरुलाई मोहित पारेका साइग्रेसले वाचन गर्ने कथा पनि निकै दमदार हुने गर्छन् ।कथा संङ्सगै भिडियो र फिल्म बनाउनपनी साइग्रेसको बाहुल्यता छ ।
यसपालिको दसैं मनाउन उनी नेपाल आएका छन् ।उनी नेपालमा विभिन्न ठाउँमा आफ्ना प्रसंसकसंग भेटघाट गर्ने र आफ्ना कुराहरू राख्दै आएका छन् ।उनले भने अनुसार कक्षा १० पास गरिसकेपछि उनी एउटा म्युजिक पसलमा काम गर्न थाले धेरै विदेशी फिल्म,गित र कथा सुन्न थालेपछि आफुले पनि साथीभाइसंग कथा सुनाउन थालेका थिए ।
तर त्यससमयमा युटुब बारे आफुलाई थाहा नभएको र पछि २०१२ मा गएर उनले आफ्नो आवाजलाई युटुमा अटाएर काम गर्न थालेका थिए ।अहिले उनको निकै छोटो समयमा धेरै प्रसंसक र नाम कमाएका छन् ।
यसरी धेरै नेपाली आफ्नो प्रसंसक भएको र आफ्नो आवाजले कसैको जीवन समेत केही हदसम्म परिवर्तन गर्न सक्दा आफू भाग्यमानी भएको उनी बताउँछन् र सबै नेपाल र नेपालीको आफू सधैं आभारी रहने बताएका छन् ।
भिडियो हेर्नुस् :-















