पल शाह को मुद्धा एही शनिबार सुनुवाई हुने भएको छ् । लाग्छ यो शनिबार उनी छुट्ने छन । धेरै समय देखी चलिरहेको यो प्रकारण मा अब शनिबार फाइनल हुने भन्ने ओकिलहरु को भनाइ छ ।
आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख छ् ।
https://youtu.be/UyhDoSUdFAk
अन्य समाचार : महेन्द्रनगर ,
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् ।
त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।
घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।















