ओखलढुङ्गा । ‘आफ्नै श्रीमानसंग भाईबुहारीलाई देख्दा मलाई त पत्यार नै लागेन । त्योपनि माईतमा नै । निन्द्रा नलागेको हुनाले म रातीको ३ बजे उठेर भैंसीलाई कुडो पकाएर खान दिन जाँदा बुहारीको कोठामा श्रीमानलाई भाई बुहारीसंग सु तेको भेटें ।’ यो भनाई हो ओखलढुङ्गाकी एक पि डित महिलाको । जस्को श्रीमानले आफ्नै भाई बुहारी भगाएर लगेका छन् ।
यो घटनाले अहिले उनी र उनको भाईको जीवनमा निकै नै ठूलो असर पारेको छ । उनले मात्रै नभई सुन्ने र देख्ने जति सबैले कल्पना पनि गर्न नसकेको घटना उनको श्रीमानले गरेका छन् । यस्तो अवस्थामा उनलाई अप्ठ्यारो महसुस हुनु स्वभाविक नै हो । फेरी प्राय यस्ता घटनाहरु परिवारका अन्य सदस्यलाई भन्यो भनेपनि सजिलै पत्याई दिंदैनन् । उनलाई पनि यस्तै लागेछ । त्यसैले उनले आफ्नै आँखाले देख्दा पनि न आमाबुवालाई न त भाईलाई नै केही भन्नै सकिन् ।
उनी भन्छिन्,‘मैले जे देखें त्यो मेरैलागी पत्याउने विषय थिएन भने मैले अरुलाई भन्दा त कहाँ पत्याई दिन्थे र ? त्यसैले मैले सबै जानेर पनि नजाने जस्तो गरी आफैभित्र उनीहरुको कुरालाई लुकाई नै रहें । मैले त्यसरी लुकाई दिंदा उनीहरु सुध्रनुको साटो झनै मनोबल उच्च पारेर सिमा नै मेटे ।’ उनले भनिन्,‘माईतमा बुवाको स्वभाव क डा भएको हुनाले पनि ममा भन्नै आँट आएन । उता आमाले जे गर्दापनि ज्वाईँ ज्वाईँ भनेको हुनाले पनि आमाको नजरमा खसाल्ने हिम्मत नै भएन ।’
तर जीवनका कहिले काँही परिस्थिति यस्तो उल्टो भएर आई दिन्छ कि सबै कुरा गलत भईरहेको छ भन्ने जान्दाजान्दै पनि मौन बस्नु पर्ने हुन्छ । जसरी उनी पनि मौन नै बसिन् । श्रीमानकै कारण आज उनलाई सबै आफन्तहरुसामू मूख देखाउन अप्ठ्यारो भएको बताउँछिन् ।
उता उनको भाईको पनि अवस्था त्यस्तै नै भएको छ । भाईले पनि कहाँ सोंचेका थिए र कि आफ्नै भिनाजुले श्रीमती भगाएर लैजान्छन् भन्ने । साला भेनाको साईनोको पनि कुनै मतलब नगरी भिनाजुले गरेको व्यवहारप्रति उनीपनि मौन नै छन् । त्यसका अलावा अरु गर्नपनि केही सकिरहेका छैनन् । सकेका छन् त केवल दुई दिदी भाई मिलेर मिडियामा आफ्ना कुरा राख्न र बेदना साँट्न । नातामा साला बहिनी पर्नेलाई भिनाजुले भगाई दिएपछि भाईले विडम्बना भन्नु शिवाय अरु केहीपनि गर्न सक्ने अवस्था रहेन ।















