धर्ती माताको महायज्ञमा यस्तो अचम्मको शक्ती देखियो, अब देशमा यस्ता अनिष्टहरु आउदै

0
1
धर्ती माताको महायज्ञमा यस्तो अचम्मको शक्ती देखियो, अब देशमा यस्ता अनिष्टहरु आउदै

धर्ती माताको महायज्ञमा यस्तो अचम्मको शक्ती देखियो, अब देशमा यस्ता अनिष्टहरु आउदै, एक वर्ष जेल बसेर निस्केका अभिनेता पूर्ण विक्रम शाह(पल शाह) ले पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । जेल जीवन बिताउनुपूर्व पल यस्ता कार्यक्रमहरुमा एक्लै जाने गर्थे ।

तर यसपालि उनले पहिलो कार्यक्रममै केही सहयोगीसँगै बहिनीलाई लिएर पुगेका हुन् । पललाई जेलबाट निकाल्न बहिनी रोसनीले सुरुदेखि निकै संघर्ष गरेकी थिइन् । रुकुम महोत्सवमा पुगेका उनले एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए ।

दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए । महोत्सवमा उनले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए । गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै आराम गरिरहेका छन् ।

निकट स्रोतका उनका अनुसार उनी केही फिल्मको तयारीमा समेत छन् । उनले महोत्सवमा नाचगानसँगै उनले सबैलाई आफ्नो जेलजीवनबारे केही किस्साहरु सुनाए । उनले जेलकोे नाम सुन्ने बित्तिकै आफूलाई डर लाग्ने बताए । एक वर्ष बिताएर आएको त्यो ठाउँलाई जेल नभएर विश्वविद्यालय मानेको पनि उनले उल्लेख गरे । पलले भने, ‘म एक वर्ष जेलमा बसेँ ।

जेल भन्ने बित्तिकै अहिले मलाई डर लाग्छ । तर त्यसलाई म जेल भन्दिनँ । म त्यसलाई विश्वविद्यालय भन्छु ।’जेलबाट निस्केपछि आफूले हजारौँको संख्यामा आमाबुवा पाएको पलले बताए । ‘जेल जानुअघि मलाई मेरो घरमा एउटा आमा, एउटा बुवा, एउटा दाई र एउटा बहिनी छ जस्तो लाग्थ्यो ।

तर जेलमा बस्दाखेरि वा भनौँ विश्वविद्यालयमा पढ्दै गर्दाखेरि मैले लाखौँ हजारौँ आमा, बुवा र दिदीबहिनीहरु पाएँ,’ उनले थपे। पलले सबैकोे प्रार्थना र आशिर्वादले आफू छिटो निस्केको बताउँदै सबैलाई धन्यवाद दिए ।

यता पल शाह नछुटेसम्म कपाल नकाट्ने भाकल गरेका जुरी ठाकुरले पनि अन्तत: कपाल काटेका छन् । जुरी ठाकुरको सैलुन छ । उनले पल शाह जेल जीवन बिताउनु पहिले पलको कपाल काट्ने गर्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here