स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली (सम्मान स्वरुप सेयर गरौं)

0
89

स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली (सम्मान स्वरुप सेयर गरौं)अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ ।

हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन ।तर मानिसहरुको सोचाई पनि त्यति परिवर्तन हुन भने सकेको छैन ।

उस्तै सोच्ने मान्छेहरुको लागि एउटा गतिलो उदाहरण हुन् कबिता राई। यो खबर धनकुटा जिल्लाको हो । हाम्रै नेपाल अर्थात धनकुटा घर भई धरान बस्दै आएकी कविता राई फरक किसिमकी छिन । जो अपाङ्ग श्रीमानको पालन पोषणका लागि रिक्सा अर्थात् सिटी सफारी चालक छिन ।

श्रीमान को जन्म जात नै एउटा खुट्टा छैन मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन । धनकुटा रहँदा नै विवाह भएकी उनी आफ्नो परिवार धान्नका लागि सहर आईन्। धरान आएपछि के गर्ने कसो गर्ने उनले केही सोच्नै सकिनन् ।

उनले आफैले जसोतसो एउटा सिटी रिक्सा किनिन् र आफैले चलाउन थालिन ।बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ ।अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी आफुलार्ए खुसी लागेको कुरा सुनाउछिन ।

अहिले उनको घरमा उनी र श्रीमान सँगै एउटा छोरी पनि छन् उनको पढाइ खर्च र श्रीमान पाल्न रिक्सा चलाएकै भरमा पुगेकै छ उनले बताउछिन् अलि अलि बचत पनि गर्ने गरेको छु ।उनले भनिन् “पुरूषले मात्र सवारी साधन चलाउन सक्छन्” भन्ने सोच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो उदाहरण उनले पनि ठानेकी छिन्।

पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो जव काम गर्दै गए तव सजिलो लाग्न थाल्यो।देशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै अाएकि एक महान चेली हुन् उनी।उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९ वर्ष अघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन ।

उनले सिटी सफारी किनिन् । सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् ।छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा ११ मा पढ्दै गर्दा खुशी छिन् ।पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् ।

जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् ।अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले आत्मनिर्भर बनाउँदै आएकी छिन् ।

उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् । तँपाईले यो समाचार पढेर सम्मान सोरुप एक एक सियर गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here