सङ्खुवासभा घटना : रञ्जनाको मोवाइल भेटिएपछि अर्का ब्यक्ति पनि पक्राउ, को हुन् उनी ?

0
87

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको शव फेला परेको घटनामा अर्का एक जना पनि पक्राउ परेका छन् । ति ब्यक्ति अरु कोही नभएर लोकबहादुर कार्कीका भाई हुन् । उनी भाईले लगाएको सर्टमा र ग त को दाग प्रहरीले देखेपछि लोकवहादुर अनुसन्धानमा परेका थिए । लोकबहादुरका भाई ९ कक्षामा पढ्छन् । उनले आफुले लगाएको सर्ट दाईको हो भनेका थिए ।

घटनामा निधन भएकी रञ्जनाको मोवाइल हराएको थियो । उनका श्रीमान विदेशमा भएका कारण रञ्जनाले दुईवटा मोवाइल बोक्थिन् । जस मध्य एउटा मोवाइलवाट फोन गर्ने गर्थिन भने अर्कोमा फेसवुक चलाउने र विदेशमा भएका श्रीमानसंग कुराकानी गर्थिन ।

रञ्जनाले प्रयोग गर्ने एउटा मोवाइल हराएको थियो । प्रहरीले सो मोवाइल पनि फेला पारे पछि अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि पक्राउ गरेको हो ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई पक्राउ गरेर प्रहरीले सोधपुछ गरिरहेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको श व फेला परेको थियो ।

३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल फेवा पारेपछि उनलाई पनि पक्राउ गरेको हो ।

सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए । दाईले घटना गराउँदा भाई समेत प्रत्यक्षदर्शी रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

‘लोकबहादुरले अघि अघि घटना गराउँदै गए, नरेश पछि–पछि गए । तर त्यो कुरा लोकबहादुरलाई थाहा थिएन । लोकबहादुर फर्केपछि पछिपछि गएका नरेश रञ्जनाको कोठावाट मोवाइल लिएर हिँडेको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here