एमसीसी रोक्न संसद भवन घेर्न जादैं ज्ञानेन्द्र शाही (भिडियोसहित)

0
94

हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोक्न संसद भवन घेर्न जाने बताएका छन् ।

 

मंगलबार एमसीसी बिरुद्ध ललितपुरको लगनखेलमा निकालिएको बृहत नागरिक आम सभामा बोल्दै ज्ञानेन्द्र शाहीले संसद भवन घेर्न जाने बताएका हुन् ।

 

एमसीसी सम्झौता गर्ने कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रधानमन्त्री शेर बहादुर देउवासंग एमसीसीकोबारे एक–एक बुदामा बहस गर्न पनि तयार रहेको ज्ञानेन्द्र शाहीले बताएका छन् ।

 

शेर बहादुर देउवाले एमसीसी पास गर्न जोडबल गर्न थालेपछि एमसीसी राष्ट्रघाति भएको र कुनै हातलमा पास गर्न नहुने भन्दै देश व्यापी आन्दोलन हुन थालेको छ ।

 

कतिपय अन्दोलनकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालिसकेको छ ।

यो पनिः
ज्ञानेन्द्र शाहीको गगन थापालाई प्रश्नः संसदमा त खाली घट्याङ घट्याङ गर्नुहुन्छ, अहिले कता हुनुहुन्छ ?

हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले गगन थापालाई कता हुनुहुन्त छ भन्दै प्रश्न गरेका छन् । उनले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गगन थापालाई एमसीसीविरुद्ध उठ्न आवाह्न गरेका हुन् ।

 

उनले भने,’ गगन थापा कहाँ हुनुहुन्त तपाईं उठ्नुहोस्, जाग्नुहोस् संसदमा त खाली घट्याङ घट्याङ गर्नुहुन्छ । यो देश मरेको बेला म आग्रह गर्न चाहान्छु गगन कुमार थापालाई २३ गते सदनको बैठक बस्दै छ । गगन थापाले नेपाली जनताको प्रतिनिधित्व गरी एमसीसीकोविरुद्धमा आवाज उठाउने छन् भन्ने कुरामा म विश्वास दिलाउन चाहान्छु र आग्रह गर्छु संसदमा बोल्नुहोस् ।’

 

उनले संसदमा भदौ २३ गते एमसीसीविरुद्ध नबोलेमा नेपालको एक नम्बर दलालमा गगन थापा पर्ने बताएका छन् । उनले एमसीसी राष्ट्रघाती छ भन्ने कुरा सबै नेपाली जनतालाई थाहा भएको र यसकाविरुद्ध नेपाली जनता मर्न पनि तयार रहेको उनले जनाए । उनले भदौ २३ गते एमसीसीकाविरुद्ध आवाज उठाउन सडकमा आउन सबैलाई आग्रह गरेका छन् ।

 

यो पनिः एमसीसीविरुद्ध भदौ २३ गते सडकमा आउनुहोस्ः ज्ञानेन्द्र शाही

हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले एमसीसीविरुद्ध आवाज उठाउन भदौ २३ गते सडकमा आउन आवाह्न गरेका छन् । उनले आमनागरिक, एमसीसीविरुद्ध आवाज उठाइरहेका अभियानता, देशभक्त सबै नागरिकलाई भदौ २३ गते एमसीसीकाविरुद्ध आवाज उठाउन सडकमा आउन आवाह्न गरेका हुन् ।

 

उनले रिपोर्टर्स क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमसीसीविरुद्ध आवाज उठाउन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका हुन् । उनले भने यहि भदौ २३ गते दिसँसो ४ बजे काठमाडौँ उपत्यकाका सम्पूर्ण साथीहरुले संसद भवन घेराउ हाल्ने छौँ र एमसीसीविरुद्धमा हामीले बोल्यौँ । दम छ भने छोएर देखाउ, हिम्मत छ भने । हामी एमसीसीकाविरुद्ध जहिले पनी बोल्छौँ जबसम्म एमसीसीका बुँदा संशोधन हुँदैनन् तबसम्म बोल्छौँ ।

 

राष्ट्रघाती गरेर तपाईं देश बेच्ने । तपाईंहरुले देश बेच्न पाउने । हामीले देश किन बेच्यौँ भनेर बोल्न नपाउने । यस्तो पनि हुन्छ । यहि सिकाएको हो विपी कोइरालाले ज्यूले, यहि सिकाएका हुन्, यहि सिकाएका हुन् गणेशमान सिंह ज्यूले देउवालाई ।

 

उनले एमसीसीको विरोध एमसीसीका पक्षधर नेता र उनीहरुका घर अगाडि गर्ने र यो उनीहरुलाई खुल्ला चुनौती रहेको बताएका छन् । उनले २०५२ सालमा हतियार बोकेका सबै जनालाई एमसीसीविरुद्ध आवाज उठाउन अनुरोध गरेका छन् । उनले त्यो बेला देखाएको जोस् र जागर देखाउने बेला आएको बताएका छन् । उनीहरुको रगत र पसिनाका लागि पनि अब लड्नु पर्ने शाहीले बताएका छन् ।

 

उनले भने अमेरिकी साम्राज्यवाद मुर्दावाद भारतीय विस्तारवाद मुर्दावाद भन्दै आफ्नो जीवनलाई बलिदान दिने ती दुरदराजकाहरुले हतियार बोकेको इतिहास जीबित छ । अझैँ त्यो इतिहास दोहोर्याउ । आउनुहोस् सडकमा तपाइैंको पार्टीको अध्यक्ष प्रचण्डले मान्दैमा यो देश रहने र प्रचण्डले नमान्दैमा यो देश नरहने भन्ने होइन् । प्रचण्ड कोहि पनि होइन यो देशको साधारण नागरिक हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here