काठमाडौं आउँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ५ जनाको अवस्था गम्भिर

0
46

रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

अन्य गम्भिर रहेका पाँच जनालाई भने थप उपचारका लागि बुटवल लगिएको छ। तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्;

सिन्धुपाल्चोकमा खोलामा डुबेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ माझी बगरस्थित इन्द्रावती खोलामा ५५ वर्षीया जुना सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

उनी गत सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ स्थित छोरी पार्वती र नातिनीलाई घरमा पुर्‍याउन गएकी थिइन्। त्यहाँबाट उनी आफ्नो घर जान्छु भन्दै निस्किएकी थिइन्। तर बिहीबार सम्म पनि फर्किएनन्।

नफर्किएपछि प्रहरीलाई खबर भएको थियो। प्रहरीले खोज्ने क्रममा शुक्रबार उनको शव इन्द्रावती खोलामा फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव परिवारलाई बुझाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here