मृ’तक महिला प्रहरीको पक्षमा न्याय माग्दै प्रदर्शन

0
3

विराटनगर । मोरङको लेटाङमा भएको झ’ डपमा परी ज्यान गुमाएकी महिला प्रहरी उर्मिला श्रेष्ठको पक्षमा न्याय माग्दै विद्यार्थीहरुले मंगलबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

मृ’तक महिला प्रहरीलाई न्याय र यौं न हिं सामा संलग्न शिक्षकलाई कारबा’हीको माग गर्दै अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले मृ’तक महिला प्रहरीको फोटोसहित प्लेकार्ड बोकेर बजारमा प्रदर्शन गरे । महेन्द्र मोरङ क्याम्पसमा भेला भएर निश्किएका विद्यार्थीहरुले नारा जुलुशसहित महेन्द्र चौक, गुद्री, ट्राफिक चौक लगायत क्षेत्रको परिक्रमा गरेका छन् ।

मृ’तक महिला प्रहरीलाई न्याय दे, बलात्कारीलाई फासी दे’ जस्ता नारा लगाउँदै उनीहरुले बजारमा प्रदर्शन गरेका हुन् ।

बजार परिक्रमा पश्चात महेन्द्र चौकमा भेला भएर उनीहरुले कोणसभा गरेका छन् । सभालाई संवोधन गर्दै अनेरास्ववियू महेन्द्र मोरङका पूर्व अध्यक्ष जोसेफ घिमिरेले पीडित वालिकामाथि यौ न हिं सा गर्ने शिक्षकलाई प’क्राउ गर्न गएकी महिला प्रहरीको हत्या गरिनु दुखद भएको बताए ।

उनले महिला प्रहरीको ह त्यामा संलग्न व्यक्ति र वालिकामाथि यौ न दुब्र्यवहार गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरे । राजधानी दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here