पछिल्लो समय उनले आफ्नो जिम्मेवारीलाई अझ अगाडि बढाएकी छिन् । दर्शकको विश्वासले गर्दा उनी झन् बढी मेहनती भएकी छिन् ।किन एक्लै छिन् त ? भन्छिन्, ‘सायद म करियरमा बढी फोकस भएँ । प्रेम पनि बसेको थियो, तर मैले त्यो समयमा करियरलाई नै रोजे । किनकि सानैदेखि मलाई अभिनय गर्छु भन्ने लागेको थियो ।
उनको पहिलो प्रेम त बस्यो, तर करियर बाधक बन्यो । किनकि उनी फिल्मनगरीमा आफूलाई देख्न चाहन्थिन्, तर उनको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाई प्रयास गर्न देऊ भनेकी थिएँ । किनकि म आफ्नो सपनालाई एकपटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर, उसले मलाई १–२ वर्ष पनि कुर्न सकेन । उसको आफ्नै बाध्यता थियो, मेरो आफ्नै,’ दीपाले भनिन् ।
उनले प्रेमीसँग केही समय मागेकी थिइन्, तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमाबुबा विरामीलगायतका दायित्वका कारण त्यतिबेला जोडी सम्भव नभएको दीपाको भनाइ छ । तर, पनि पहिलो प्रेम अझै उनलाई याद छ । ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुराकानी हुन्छ, तर भेटघाट हुँदैन,’ उनले भनिन् । भेटघाटले सामीप्यता बढाउने भएकाले त्यसो नगरेको उनको भनाइ छ ।
दीपाश्रीले विवाह नगर्ने मनसाय नबनाएकी हैनन्, तर अहिलेसम्म जुरेको छैन । ‘मेरो परिवारलाई पनि मेरो विवाह हेर्ने रहर छ, तर कहिले हुन्छ भन्न सकिन्न,’ उनले भनिन् । उनले दायित्व नभएकै कारण आफूले सफलता प्राप्त गरेको पनि बताउँछिन् । उनी भन्छिन, ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । अरु केही सोच्नुपरेको छैन, त्यसैले मेहनतको सफलता पाएकी छु ।
जीवनसाथी नपाए पनि आफूले माया गर्ने साथी पाएको उनको भनाइ छ । जोसँगको सहकार्यले उनले आफ्नो सपनालाई मूर्तरुप दिन सफल भएकी छिन् । ‘हाम्रो बीचमा माया छ, तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ, अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने सम्भव भएन, तर हाम्रो मित्रता निकै माथि छ’ दीपाले भनिन्















