झापामा एकै परिवारका तीन जना झुण्डीएको अवस्थामा फेला

0
69

झापा । झापामा एकै परिवारका तीन जना झुण्डीएको अवस्थामा फेला परेका छन् । जिल्लाको सुरुङ्गामा ८ महिनाकी दूधे नानीसहित तीनैजना घरको कोठाभित्र डोरीमा झुण्डीएको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका १ का ४० वर्षीय रवीन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षकी मुना विक र ८ महिने छोरी रुवीना आज आफ्नै घरमा यस्तो अवस्थामा फेला परेका हुन् । प्रहरी घटनास्थल पुग्दा आमाले नानीलाई छातीमा टाँसेकै अवस्थामा घटना भएको देखिन्छ ।

स्थानीयका अनुसार मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिनअघि मात्र काठमाडौंसम्म पुगेका थिए । तर पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि घर फर्किएर आएका थिए । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाका अनुसार घटनाका कारण खुल्न सकेको छैन भने थप अनुसन्धान थालिएको छ ।

यो पनि पढ्नु होस्

दाङ । लुम्बिनी प्रदेशकी प्रत्यक्ष निर्वाचित सांसद विमला वली र नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसीएलका कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ त*स्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ । बस्नेत स्वयम्को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।

तस्बिरमा सांसद विमलाले बस्नेतलाई चु*म्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई बल पुर्‍याएको छ । विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् ।

सांसद बिमलाकी पति उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो । यसअघि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।

वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाउँछन् । उनले भने, ‘यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो, मलाई नै थाहा छैन । यसबारेमा भेटेर कुरा गरौंला ।’ उनले आफूहरूबीच बिहे भएको वा नभएको बारे प्रष्ट बताउन चाहेनन् ।

वाईसीएल नेता बस्नेत पनि विवाहित हुन् । उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले हटाइएको छ । यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here