भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश, चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्ष्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो ।
यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ । यूएनएफपीएको द स्टेट अफ वर्ल्ड पपुलेसन रिपोर्ट, २०२३ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख र चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख छ ।
सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गएको वर्ष चीनको जनसंख्या घट्न थाल्यो भने भारतको जनसंख्या बढेको छ ।
अन्य समाचार:- भारतको वेदान्त लिमिटेडले नेपालको दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न पावर समिट–२०२३ मा वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत नेपालबाट आगामी ५ वर्षमा सो बराबरको विद्युत् किन्ने आशय पत्र पेश भएका हो । हाल भारतमा कोइला तथा डिजेलबाट उत्पादन हुने विद्युत् बढी प्रयोग हुँदै आएको । कोइला तथा डिजेल पावर प्लान्टले वातावरणमा समेत प्रभावित छ ।
सन् २०४५ सम्म विश्वलाई शून्य कार्बनमा पु-याउने विश्वव्यापी लक्ष्यलाई सहयोग पुग्ने गरी नेपालबाट क्लिन इनर्जी खरिद गर्ने वेदान्तका प्रमुख कार्यकारी अधिकृत (पावर) विभव अग्रवालले भर्चुअल रूपमा जानकारी दिएका छन् । यससँगै पावर समिटले नेपालको २२ सय मेगावाट बिजुली निजी क्षेत्रमार्फत भारतमा बिक्री गर्ने आधार तय गरेको छ । मंगलबार समिटको उद्घाटन समारोहमा भारतको मणिकरण पावर कम्पनीसँग नेपालका चुवाखोला, कसुवाखोला लगायतका आयोजनाबाट २०० मेगावाट विद्युत् खरिद बिक्री गर्ने गरी समझदारी भएको थियो ।















