अभिनेत्री आकांक्षाले आत्म ह-‘त्या गरिन

0
2
अभिनेत्री आकांक्षाले आत्म ह-'त्या गरिन

अभिनेत्री आकांक्षाले आत्म ह-‘त्या गरिन, भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्मह’ त्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्मह’ त्या गरेको बताइएको छ ।

आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरिन् । अभिनेत्रीले किन यस्तो कदम चालिन् भन्ने अहिलेसम्म खुलेको छैन, यो खबर आएपछि भोजपुरी उद्योगमा शोक छाएको छ । यसबाट सबैलाई ठूलो धक्का लागेको छ । आकांक्षा दुबे तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई सरिन् । उनका आमाबाबुले उनलाई आईपीएस अफिसर बनाउन चाहन्थे, तर उनको चाहना नृत्य र अभिनयमा थियो।

अन्य समाचार:- अभिनेता पल शाहले दर्शकको साथ र माया कहिल्यै पनि नभुल्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै उनले यो मायाको सँधै कदर सम्मान गर्ने बताएका हुन् आ।गामी दिनमा पनि दर्शकको माया र सद्भावलाई आत्मसाथ गरेर अगाडि बढ्ने भन्दै उनले थप नयाँ जोस र जाँगर आएको बताए ।

उनले ओझेलमा रहँदा आम दर्शक र गृह जिल्लावासीले गरेको माया र साथलाई कहिले पनि भुल्न नसक्ने बताए । पल शाहको फिल्म करियरको विषयमा दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङकी निवर्तमान उपाध्यक्ष लीला शाह,

नेपाल पत्रकार महासङ्घ दाङका सचिव आरके शीतल, नेपाल पत्रकार महासङ्घ दाङका सह–सचिव दीप्ति शिखा चौधरी, चलचित्र पत्रकार सङ्घ दाङका सल्लाहकार शरद रेग्मी लगायतकाले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here