म्यानमारको सैन्य सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

0
1
म्यानमारको सैन्य सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

म्यानमारको सैन्य सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन, म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ ।

सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ । एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको छ ।

सैनिक सरकारले गएको जनवरीमा राजनीतिक दलहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने चुनावमा भाग नलिने अडान राख्दै आएको छ ।

सन् २०२० मा भएको चुनावमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो । तर, सेनाले ब्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचित सरकारलाई सत्तारोहण हुनबाट रोक्दै शासन आफ्नो हातमा लिएको थियो । नेतृ सुकीलाई नजरबन्द गरिएको छ ।

विभिन्न आरोपमा कैद सजाय पनि तोकिएको छ । सेनाले शासनसत्ता लिएपछि म्यानमारमा विरोध भैरहेको छ । सेनाप्रमुख मिन ओङ ह्लाइङले केहिदिन अघि मात्रै देशमा चुनाव हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभएको छ । तर चुनाव कहिले हुन्छ निश्चित छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here