आज ह्वात्तै घट्यो सुन, कतिमा झर्यो तोलाको ? नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो।
मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ५५ रुपैयाँ तोकेको छ ।
हिजो एक लाख ९ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ८ हजार ५ सयमा तेजावी सुन र चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
















