बालेनले पुलमुनी भेटे गाईगोठ देखि धेरै परिवारको बास, खाली गर्न जाँदा खाना सिट्ठी लाग्दै भेटेर फर्किए..,(भिडियो हेर्नुस्)

0
2

बालेनले पुलमुनी भेटे गाईगोठ देखि धेरै परिवारको बास, खाली गर्न जाँदा खाना सिट्ठी लाग्दै भेटेर फर्किए..,(भिडियो हेर्नुस्)

बालेनले पुलमुनी भेटे गाईगोठ देखि धेरै परिवारको बास, खाली गर्न जाँदा खाना सिट्ठी लाग्दै भेटेर फर्किए | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् :-

अन्य समाचार :- जिल्लाबाट निर्वाचित सांसदहरू मतदातालाई धन्यवाद दिन र उनीहरूबाट सुझाव लिन घरदैलोमा लागेका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा विजयी कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले मतदातालाई धन्यवाद दिँदै सोरु गाउँपालिकाबाट अभियान सुरु गरेका छन् । उनी २ दिन सोरुका गाउँहरू घुमेर शनिबार खत्याड गाउँपालिकाको घरदैलो अभियानमा सहभागी भइरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र बुझेको दिनदेखि व्यस्त बनेका उनले सोरु गाउँपालिकाको कच्चे, तारापानी, सिप, पुरुमुरु, सोरुकोट हुँदै जडेपानी, नार्थपु, भीई, धैनकोटलगायत गाउँमा गएर मतदातासँग सुझाव मागिसकेका छन् । ‘जित्नबित्तिकै काठमाडौं जाने यसअघिका सांसदहरूको प्रवृत्ति तोडेर निर्वाचनका वाचा पूरा गर्ने प्रतिबद्धतासहित भेटघाटमा व्यस्त छु,’ उनले भने, ‘मतदाताहरूलाई धन्यवाद दिँदै उहाँहरूबाट आशीर्वाद पनि लिइरहेको छु ।’ भोट हालेर चुनाव जितेपछि नेताहरू गाउँ आउँदैनन् भन्ने मतदाताको गुनासोलाई सम्बोधन गर्न पनि घरदैलो अभियान सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।

आफूले भोट हालेर जितेका सांसदहरू गाउँमा आएर धन्यवाद दिन थालेपछि मतदाता पनि खुसी छन् । ‘पहिले चुनाव जितेर गएका सांसद फेरि कहिल्यै फर्केर आएनन्,’ सोरु गाउँपालिका–२ का कामाङ शाहीले भने, ‘बल्ल हामीले दिएको भोट सदुपयोग भएको अनुभूति भयो, अब फेरि गाउँलाई नबिर्सिनु भनेर सांसदलाई अनुरोध गरेका छौं ।’

प्रदेशसभा १ (२) बाट निर्वाचित सांसद मंगलबहादुर शाही पनि मतदातालाई भेट्न खत्याड गाउँपालिकामा व्यस्त छन् । उनले खत्याड गाउँपालिकाको खमाले, श्रीकोट, सेरी, डुमाना, गम्थालगायत गाउँ पुगेर मतदातालाई धन्यवाद दिँदै सुझाव मागिसकेको बताए । ‘मतदाताको अमूल्य भोटले निर्वाचित भयो, उहाँहरूको सुझावअनुसार काम गर्ने अठोट लिएको छु,’ उनले भने, ‘अब म मतदाताकै सुख–दुःखको साथी हुनेछु, विकास निर्माणका लागि पनि सक्दो पहल गर्नेछु ।’

चुनाव जितेपछि सांसदहरू गाउँमा फर्किएर मतदातालाई धन्यवाद दिएको यो पहिलो घटना भएको खत्याड गाउँपालिकाका रतनबहादुर शाहीले बताए । ‘अहिलेका सभासदले हाम्रो मर्का बुझ्लान्जस्तो छ,’ उनले भने, ‘उनीहरूले पनि हाम्रो समस्या समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।’ प्रदेशसभा १ (१) बाट निर्वाचित सांसद एमालेका जितबहादुर मल्लले पनि मतदातालाई धन्यवाद दिँदै गाउँ दौडाहालाई निरन्तरता दिएको बताए । उनले छायानाथरारा नगरपालिकामा मतदाता भेटघाटलाई जारी राखेका छन् । उनले मतदातालाई सडक निर्माण, खानेपानी, विद्यालय सुधारजस्ता योजनालाई प्राथमिकता दिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here