ब्राजिलले विश्वकप छनोटमा लगातार छैटौं जित हात पर्‍यो, चम्किए नेयमार

0
346
ब्राजिलले विश्वकप छनोटमा लगातार छैटौं जित हात पर्‍यो, चम्किए नेयमार

ब्राजिलले विश्वकप छनोटमा लगातार छैटौं जित हात पर्‍यो, चम्किए नेयमार! फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले लगातार छैटौं जित निकालको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई हराएको थियो । कोलम्विया र अर्जेन्टिनासँगको खेल को-रोनाका कारण प्रभावित बनेको छ । ब्राजिलल ६ खेलबाट १८ अंक जाडेको छ । समान खेल खेलको अर्जेन्टिना १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ब्राजिललाई सहज जित दिलाउनको लागि फरवार्ड नेयमारले एक गोल र अर्को गोलको लागि असिस्ट दिए । अर्का गोल सब्सिच्युट खेलाडि लुकास पाक्वेटाले गोल गरे । खेलको चौथो मिनेटमा नै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नेयमारको पासमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलाई २-० को जित दिलाए । लुकास पाक्वेटा ४६औं मिनेटमा फ्रेडको स्थानमा मैदान छिरेका थिए । एजेन्सी 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here