कात्तिक ३ गते | आज बिहीबार पनि घट्याे सुनचाँदीकाे भाउ, यस्ताे छ आजकाे भाउ
काराेबारकाे पाचौं दिन आज (कात्तिक ०३ गते) बिहीबार
नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार १ सय रुपैयाँले घट्दै ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज बिहीबार तेजावी सुन प्रति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य आज बिहीबार ५ रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















