प्रतीकात्मक तस्बिर / ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती कर’णी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई प्रहरीले सोमबार प’क्राउ गरेको छ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आ’रोप छ।
सूचना हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। रासस
अन्य समाचार / काठमाडौँ – भारतको दिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको विमान पाकिस्तानको कराची विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।.
समचार एजेन्सी पीटीआईका अनुसार सोमबार कतार एयरवेजको उडिरहेको यात्रुवाहक विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको हो ।
विमानको कार्गो रहेको भागमा धुँवा निक्लिएको संकेत पाएपछि विमानलाई डाइर्भट गरिएको थियो ।
विमान कराचीमा सुरक्षित रुपमा अवतरण गरेको र सबै यात्रुलाई सकुशल बाहिर निकालिएको कतार एयरवेजले जनाएको छ । विमानमा एक सय बढी यात्रु सवार थिए ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र यात्रुहरुलाई दोहा लैजानका लागि अर्को उडानको व्यवस्थापन भइरहेको समचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । कम्पनीले यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।















