बालेनलाइ ऐतिहासिक सफलता, १५० बर्ष पुरानो टुकुचा खोला निकाले डोजर चलाएर, भूमाफियाको खोलामा यस्तो ध’न्दा

0
2

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।

महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

स्थानीयबासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले टुकुचा खोला पुरेर घर बनाएको भन्दै टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here