धोबीखोला माथि भीआइपीको टप स्कुल, बालेनको डोजर लिएर पुगे पुण्य गौतम हेर्नुस भिडियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ ।
नापी अधिकृत उत्तम भट्टराईसहितको टोलीले रेखांकन गरेसँगै महानगरको डोजरले सो क्षेत्रमा रहेका टहरा र संरचना भत्काएको हो ।
नगर प्रहरी एसपी दिनेश अर्यालले नक्सा अध्ययन गरेर थप टहराको अवस्थाबारे पनि अध्ययन भइरहेको बताए । उनका अनुसार नदी उकासको सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको हो ।
आजै थप संरचना भत्काउने तयारी भइरहेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।















