बागलुङकी २७ वर्षीया दीक्षा झाडीमा लुकेको अवस्थामा प’क्राउ !

0
2

आफुलाइ डाक्टर बताउदै, बिभिन्न मानिस लाइ प्रलोभनमा पारी ठगी धन्दा चलाउदै आएकी दिक्षा पुन लुकेको अबस्थामा प”क्राउ परेकी छन् । प”क्राउ पर्नेमा बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा महानगरपालिका -२ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन्।

कास्की प्रहरीले उनलाई बिरेठाटी, निगालोको झाडीमा लुकेर बसेको अवस्थामा प”क्राउ गरेको हो । प्र;;हरीका अनुसार पुनले आफ्नो नाउँमा रहेको पोखरा फाइनान्स लिमिटेडको बैंक खातामा पर्याप्त मौज्दात रकम नरहेको जान्दाजान्दै कुल बहादुर विकलाई तीन लाख रुपैयाँको चेक दिएकोमा उक्त चेक बाउन्स भएको थियो।

चेक बाउन्स पश्चात विकले पुन विरुद्ध जाहेरी दिएकोमा प्र”हरीले बैकिङ कसुर मुद्धा दर्ता गरी पुनलाई प”क्राउको अनुमति लिएको थियो। जाहेरी पश्चात फरार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं -८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार प”’क्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्र”हरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

पुनले विभिन्न व्यक्तिहरूलाई U.K. पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो सामाजिक सञ्जालमा मार्फत आएको भन्दै कोही पी”डित व्यक्तिहरु भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन प्रवक्ता तिवारीले आग्रह गरेका छन्। बिभिन्न मानिस लाइ प्रलोभनमा पारी ठगी धन्दा चलाउदै आएकी दिक्षा पुनको बारेमा गण्डकी छड्केले अघिल्ला शृङ्खलाहरुमा रिपोटिङ गरेको थियो ।करोडौ ठगेकी उनि केहि समय यता सम्पर्क बिहिन भएकी थिइन् ।

यस्तै,,आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ। सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव एवम् कार्यदलका सदस्य बेदुराम भुसालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ।

कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्। सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्।

सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन्। ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ। सिट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा हुन्छ। जुन स्थानमा जसको माहोल राम्रो छ उसैलाई टिकट दिनुपर्छ’ पौडेल भन्छन्। धरातल हेरेर दाबी गर्न पनि नेता पौडेल बताउँछन्। ‘कांग्रेसले मात्र जित्न सक्ने सिट एक सय छ। ती ठाउँमा अन्य दलका साथीहरूलाई उठाउन मिल्दैन। अहिलेको चुनाव परिणाममा केन्द्रित हुन्छ।’ नेता पौडेलले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here