एउटै रूखमा ३ युवती झु’ण्डिएको अवस्थामा मृ’त फेला

0
3

एउटै रूखमा झु’ण्डिएको अवस्थामा तीन किशोरी मृ’त फेला परेका छन्। केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरी झु’ण्डिएको अवस्थामा फेला परेका हुन्।स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको श’व मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृ’तकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झु_न्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए।ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। घ’टनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए।

डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अनस्थामा फेला परेका हुन्।कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी अनुसार एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन्।सामूहिक आ’त्महत्या गर्नुपर्ने कारण खुलेको छैन। घ’टनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता पाठक जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here