श्री दक्षिणकाली मातालाई एक शेयर गर्दै, कमेन्ट्मा ॐ लेखि, आज को राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ!

0
131
श्री दक्षिणकाली मातालाई एक शेयर गर्दै, कमेन्ट्मा ॐ लेखि, आज को राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ!
श्री दक्षिणकाली माता

श्री दक्षिणकाली मातालाई एक शेयर गर्दै, कमेन्ट्मा ॐ लेखि, आज को राशिफल पढ्नुहोस। तपाईंको मनोकामना पुरा हुनेछ! आजको पन्चाङ्ग :-

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १२ गते बुधबार इश्वी सन २०२१ मे २६ तारीख बैशाख शुक्लपक्ष पुर्णिमा तिथी अनुराधा नक्षत्र शिव योग भद्रा करण चन्द्रमां वृश्चिक राशिमा आनन्दादि योगमा सौम्य योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु पूर्णिमव्रत, चण्डीपूर्णिमा, गौतमवुद्ध जयन्ती, कुर्म जयन्ती, बैशाखस्नान समाप्ति, घाँटुनृत्यविसर्जन, उभौलीपर्व, वन्दिकापुरे चण्डेश्वरीरथयात्रा, गोरखनाथजयन्ती,(स्वायपुन्हि) रानीकोट श्रीवाघभैरव पर्व, ल.पु.गोटिखेल वैतरणीधामस्नान!आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खान पानमा बिशेष साबधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ । आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छा। गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । गृहिणीहरूका लागि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ, पतिका साथमा वा पारिवारिक भ्रमणमा कतै घुमघामको अनुकूलता मिल्नसक्छ । छात्रछात्राले नयाँ ज्ञान सिक्ने मौका छ ।आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तलेहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र शुं-शुक्राय नमः ११पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । बन्दव्यापार गर्नेहरूलाई सामान्य रूपमा फाइदा नै हुनेछ । कामदारहरूको श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । आज आवेश र घमण्डमाथि नियन्त्रण गर्न सकिंदैन, हतारमा स्वनिर्णयमा गरेको कामबाट फाइदा हुने देखिंदैन, त्यसैले संयम हुँदै कुनै पनि निर्णय गर्नुअघि जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । छात्रछात्राले पढाइमा त्यति मन नलगाए पनि कुनै न कुनै नयाँ कुरो सिक्ने मौका छ ।आजका लागि शुभअङ्क २ र शुभरङ्ग छिर्केमिर्के बुट्टेहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ बुं बुधाय नमः ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । विद्यार्थी र किशोररकिशोरीका लागि आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । गृहस्थीहरूले आज कमाएको धन दीर्घकालिक प्रयोजनका लागि खर्च गर्नेछन । आज सबैका लागि पुरानो समस्यालाई निवारण गरी अघि बढ्ने समय हो । आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम गरी प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन र आँटेका काम पनि सजिलै सम्पादन हुनेछन। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । गृहिणीहरूले माइतीपक्षको शुभ समाचार सुन्न पाउने छन ।आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ घृणि सूर्याय नमः७पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । चन्द्रमा चौथो भावमा पुगेको छ, बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन । जान्नेबुझ्नेको सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । यद्यपि सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । विदेशमा बस्नेका लागि नचिताएको आम्दानी हुने वा कामबाट फुर्सदिलो भएर मनोरञ्जन गर्ने दिन छ ।आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सों सोमाय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरी छाडिने छ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सहयोगीहरूले साथ दिनेछन भने रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ । छात्रछात्रा र अध्येताहरूका लागि आज प्राज्ञिक क्षमता बढ्ने समय देखिन्छ ।आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ । विद्यार्थीहरूले मौखिक क्रियाकलापमा सफलता कमाउने दिन हो तर गृहिणीहरूले बाझोजुझोबाट टाढा रहनु जाति हुन्छ ।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालोहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ धनप्रदाय कुबेराय नमः ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । छात्रछात्राहरूका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ, पढाइमा प्रगति हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । गृहिणीहरूको मन फुरुङ्ग हुने समय छ, इष्टमित्रको साथसहयोग मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ गं गणपतये नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छात्रछात्राले गरेको कडा मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो वा बुट्टेहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ कें केतवे नमः १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बाह्रौं भावमा चन्द्रमा भए पनि अन्य ग्रहको लाभकारी दृष्टि परेकाले अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । व्यापारीहरूले होसियारीसाथ काम लिनुपर्ने समय छ, तर लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । परदेशमा बस्नेहरूले रामरमाइलो र घुमघामको अवसर पाउने छन, तर केही रकम खर्च गर्नुपर्ने परिस्थिति बन्नसक्छ ।  मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । विद्यार्थी र युवायुवतिले सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । लाभ भावमा चन्द्रमा पुगे पनि आशलाग्दो समय देखिंदैन, यद्यपि कृषि तथा पशुपालनका क्षेत्रमा सोचेको लाभ प्राप्त हुनेछ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन। प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । तर ईष्र्या गर्नेहरूले सताउने दिन छ, बेलुकीपख अर्थअभावले गर्दा आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा सुन्तलेहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नमः शिवाय २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । गृहिणीहरूले सन्तान पक्षबाट सहयोग पाउने समय हो । व्यवसायीहरूका लागि उद्योगधन्दा र व्यापारमा विशेष फाइदा हुने समय छ । विद्यार्थीहरूले प्रतिस्पर्धीलाई उछिन्ने समय छ ।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग निलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ शं शनैश्चराय नमः २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । पछाडि बसेर कुरा काट्नेहरू अब चुप लाग्नेछन। नयाँ काममा हात हाल्ने समय छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) फजुलको यात्रा र घुमघामको सम्भावना पनि देखिन्छ । घरिघरि मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । जुनसुकै काम गर्दा सचेत र सावधान भएर गर्नुपर्छ, किनभने जस पाउने समय छैन, गरेका कामको सर्वत्र आलोचना हुनसक्छ ।आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलोहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नमो भगवते वासुदेवाय नमः १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । मिश्रित प्रभाव भएको दिन छ । यद्यपि आज आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, कीर्तिमानी काम सम्पादन हुनसक्छ । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन भने कर्मयोग र आम्दानीले पछ्याउनेछन। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अष्टमस्थ चन्द्रमा रहेकाले इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुने छैनन। काममा अनावश्यक प्रतिस्पर्धा र वादविवादमा रुमल्लिने समय आएको छ । आज विरोधी र प्रतिद्वन्द्वीहरूले तपाईंलाई अप्ठ्यारोमा पार्न ठूलै चलखेल गर्ने सङ्केत छ । त्यसैले सचेत हुनुपर्छ, जुनसुकै काम गर्दा चुनौतीको सामना गर्नुपर्ला । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला ।मनोरञ्जनको निम्ति धेरै  समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । आर्थिक रूपमा नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँगको आत्मीयतामा पनि कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसेहो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सङ्कटाभगवत्यै नमः १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here