पीडितलाई क्षतिपूर्ति दिन पल शाहको सम्पत्ति रोक्का गर्न माग , कति छ शाहको सम्पत्ति ?

0
2

काठमाडौं / अभिनेता पल शाह प्रकरण यतिबेला अदालत सम्म पुगेको छ । नाबालिक गायिकाले आफूलाई जब’र्जस्ती गरेको भन्दै दुई स्थानमा उजुरी दिएपछि यतिबेला पल शाह तनहुँ प्रहरी हिरासतमा रहेको छ ।

अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।

जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मु’द्दाको अ’भियोग पत्रमा पी’डितलाई क्ष’तिपू’र्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।

उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम (११) (५) बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभि’योग पत्रमा भनिएको छ ।

शाहबाट अ’पराध पी’डित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पी’डित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ ।शाहले विवाह गर्ने प्रलोभनमा २०७७ चैत ७ र ८ गते नाबालिकामाथि जब’रज’स्ती क’रणी गरेको निष्कर्षसहित सरकारी वकिलले बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here