महुली खोलाले बगाएर एक युवतीकाे मृ-त्यु ! (विवरण सहित) 

0
201

महुली खोलाले बगाएर एक युवतीकाे मृ-त्यु ! (विवरण सहित)  सप्तरीको अग्नीसाईर कृष्णसरवण गाउँपालिकामा सोमबार महुली खोलाले बगाएर महिलाको मृ-त्यु भएको छ ।

वडा नम्बर १ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साहको महुली खोलाले बगाएर मृ-त्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले बताए । बिहान छेउमै रहेको जंगलबाट महाकुमारी बहिनी आशाकुमारीसँग बाँसको तामा का-टेर घर फर्किने क्रममा खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।

दिदीलाई बगाएको विषयमा आशाले जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय महुली र कंचनपुरका प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २ सयमिटर परबाट श-व बरामद भएको प्रहरी नायव उपरीक्षक काफ्लेको भनाइ रहेको छ।

श-व पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । घ-टनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here