किन कु’टे यसरी शिक्षकले विद्यार्थी ? नि’लो डा’म देखाउदै मिडियामा आए, अब के होला का’रबाही (हेर्नुस् भिडियो)

0
2

काठमाडौँ :

सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ।जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ।

‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल (फेसबुक) मा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ।जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न आग्रह गरेको छ।

उक्त भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कुटपिट रहेको खुलेको प्रहरीले जनाएको छ।

अछाम सदरमुकाममा निषेधाज्ञा जारी

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युको घटनाले सदरमुकाम मंगलसेन तनावग्रस्त भएपछि त्यहाँको प्रशासनले निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय अछामले मंगलबार एक सूचना जारी गर्दै सदरमुकामका ६ ठाउँमा कुनै पनि विरोधका कार्यक्रम गर्न निषेध गरेको हो।

शाहीको मृत्यु घटनालाई लिएर कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीहरुलाई पटक पटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कार्य भएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए।

उनका अनुसार मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्र विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो।निषेधित क्षेत्र तोकिएका यी ठाउँमा विरोधका कार्यक्रम गरेर निषेधाज्ञा उल्लंघन गरेको पाइएको कारबाही हुने प्रशासनले जनाएको छ।

गत जेठ १७ गते बेपत्ता भएका शाही जेठ २१ गते मृत भेटिएका थिए। घटना भएको एक महिना बितिसक्दा समेत दोषीलाई कारबाहीको दायरामा नल्याइएको भन्दै आक्रोशित पीडित परिवार र स्थानीयले सदरमुकाममा सोमबार विरोध जनाएका थिए।

त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। झडपमा केही आन्दोलनकारी र प्रहरी घाइते समेत भएका थिए।शाही मृत्यु घटनामा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित १३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका थिए।ती मध्ये मेयर चलाउने सहित ७ जना अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् भने अझै ६ जना फरार रहेका छन्।

हेरौं यो भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here