काठमाडौं । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् ।
बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् ।
प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा भएको खुलाएकी छन् ।
‘कार्यक्रम सकिएपछि उनले एक दिन कल गरेर सक्सेस पार्टी छ, रेडी भएर आउनू भनेका थिए,’ पीडितले भनेकी छन्, ‘म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही देखिनँ, अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६-७ बजेदेखि छ भनेका थिए ।’ हेर्नुस –















