अनाथ बालबालिकासँग भक्तपुरमा यसरी जन्मदिन मनाइन स्वस्तिमाले

0
2

काठमाडौं ।

अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् । यो पटकको जन्मदिन उनले भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाएकी छन् ।

तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् । पछिल्लो समय अत्यन्तै रुचाइएकी स्वस्तिमाले सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट डेब्यु गरेकी हुन् ।

स्वस्तिमालाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो लागेको छ । स्वस्तिमा अभिनित फिल्म ‘चिसो मान्छे’ हालै रिलिज भएको थियो ।

अन्य समाचार : काठमाडौं ,

सरकारले फेरि एक पटक आइतबार सार्वजनिक विदा दिने तयारी गर्ने भएको छ ।

आइतबार नेपाल आयल निगमले इन्धनको खपत घटाउन भन्दै आइतबार पनि बिदा दिने लगायत १० बुँदे प्रस्ताव सरकारलाई सिफारिस गरेको हो ।

नियम प्रवक्ता विनितमणि उपाध्यायले यसअघि आइतबार बिदा दिँदा इन्धन खपत उल्लेख्य घटेको भन्दै पुन: यो नियम लागु गर्न सिफारिस गरेको जानकारी गराएका छन् ।

इन्धन खपत घटाउन निगमले सरकारलाई जोरबिजोर प्रणाली , सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न लगायतका व्यवस्था लागु गर्न सिफारिस गरेको छ ।

मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने । ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल
.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने सुझाप पेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here