आफ्नै कहानी संग मेल खानि स्व. गायिका दिलमाया सुनारको तिज गीत सार्वजनिक (भिडियो सहित)

0
1

काठमाडौं – नेपालि गीत संगीत क्षेत्रमा असार महिनाको १५ कट्न साथ तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ।

भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा चेलीको बेदना, घरायसी कुराहरु संगै विभिन्न खालका बिषयमा कलाकार तथा सर्जकहरुले गित नयार गरेको पाईन्छ।

जुन गीतले कतिपयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होलान। जे होस् हाम्रो मौलिक परम्परालाई निरन्तर राख्दै कलाकारले हरेक बर्ष यस्तै गरेर तीजका गितहरु सबै नेपाली माझमा पस्किदै आयका छन्।

दैनिक रुपमा तीजका गीतहरु बजारमा आउने क्रममा केही दिन पहिले मृ’त भेटिएकि दिलमाया सुनारको नयाँ तिज सार्वजनिक भएको छ।

“माईतीको हेला” नामक तिज गीत सोमबार मानसिंह खड्काले आफ्नै युट्युब बाट सार्वजनिक गरेका छन। दिलमाया सुनार र मानसिंह खड्काको आवाजमा रहेको सो गीतको शब्द सिर्जना टीका सानुले गरेकि छन भने गीतमा म्युजिक गायिका सुनारकै रहेको छ।

गीतका शब्द हरुमा माईती हेला गरेका माइती छाडेर पराई घर गएर कति पीडा हुन्छ तेस्तै मार्मिक शब्दले भरिएको छ। भिडियोमा चरचित मोडल हरुको उत्कृष्ट अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here