यदि कसैसँग दोस्ती गर्नु छ भने सबैभन्दा पहिला अगाडिका व्यक्तिलाई बुझ्न आवश्यक छ ।
आजको समयमा धेरै मानिस आफ्नो मनको कुरा लुकाएर राख्छन् त्यसैले उनीहरुबारे थाहा पाउन र उनीहरुलाई बुझ्न निकै मुश्किल हुनसक्छ ।
यदि महिलाको कुरा गर्ने हो उनीहरुको मनको कुरा थाहा पाउन मुश्किल हुन्छ किनभने महिलाले सबैको अगाडि आफ्नो मनको कुरा भन्न सक्दैनन् ।
आफूलाई मनपर्ने र मन नपर्ने कुरा पनि उनीहरु निकै कम मानिससँग बाँड्ने गर्छन् र त्यसलाई सिक्रेट झैँ आफ्नो मनमा नै राख्ने गर्छन् ।
तर यदि तपाईं उनीहरुसँग दोस्ती गर्न चाहनुहुन्छ र उनीहरुलाई विशेष बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला उनीहरुको मनको कुरा थाहा पाउन अत्यावश्यक हुन्छ ।
यो पनि पढ्नुहोस।
मानिसहरु आफूलाई जवान बनाइराख्नका लागि विभिन्न उपाय अपनाउन गर्छन् ।
यद्यपि, बढ्दो उमेरसँगै आफूलाई आकर्षक देखाउनु निकै मुश्किल छ ।
तर चर्चित फेसन डिजाइनर वेरा वाङ्गको तस्बिर देखेर तपाईं पनि चकित पर्नुहुनेछ । आफ्नो ७२ औं जन्मदिनको पार्टीमा वेरा वाङ्ग यस्तो तरिकाले पेश भइन् कि मानिसहरुको नजर उनीबाट हट्न सकेन ।
इन्स्टाग्राममा सेयर गरिएको उनको तस्बिर देखेर जो कोही हैरान छन् ।
पेज सिक्सका अनुसार विवाहका पहिरन डिजाइन गर्ने डिजाइनर जुन २७ तारिखमा ७२ मा टेकेकी हुन् ।
उनले आफ्नो जन्मदिन केही दिन पछि मंगलबार राती मनाएकी हुन् ।निकै फिट ती
आफ्नो जन्मदिनमा उत्कृष्ट तरिकाले डिजाइन गरिएको पहिरन लगाएकी थिइन् ।
उनको जन्मदिनको पार्टीमा ६० जना पाहुनाको उपस्थिती थियो ।
जन्मदिनको फोटो वाङ्गले आफ्नो नीजि इन्स्टाग्राम पेजमा पनि सेयर गरेकी छिन्














