हिजो जनताले मल लुटे, अब धादिङ्गमै पेट्रोल लुट्छन अनि नेताहरुको घर-घर लुट्छन (हेर्नुहोस भिडियो)

0
2

काठमाडौ ।

हिजो जनताले मल लुटे, अब धादिङ्गमै पेट्रोल लुट्छन अनि नेताहरुको घर-घर लुट्छन (हेर्नुहोस भिडियो)

भिडियो हामीले समचारको अन्त्यमा राखेका छौं, हेर्नुहोस।

यो पनि पढ्नुहोस: भारत: बलात्कार गर्न नसकेपछि १५ वर्षीयालाई जिउँदै जलाइयो
भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ।

४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ।
यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो।

यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो। पीडितको भनाइअनुसार एकजना व्यक्ति उनी भएठाउँ आएर जबरजस्ती करणी गर्ने प्रयास गरे।

बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले उनको शरीरमा पेट्रोल खन्याएर आगो लगाइदिए। कारवाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ। पीडित परिवार खेतीपाती गर्छन्।

उनका दाइले स्थानीय सञ्चारमाध्यमसँगको भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘बहिनी बिहान करिब १० बजे बुवाका लागि खाना लिएर खेतमा गएकी थिइन्। बुवा खाना खाएर औषधी लिन अस्पताल गए।

यसैबीच करिब १२:४५ बजे ती केटा आए र उनीमाथि दुष्कर्मको कोसिस गरे र आगो लगाइदिए। गाउँलेहरूले हामीलाई यसबारे खबर गरेका थिए। पछि बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरियो ।

उनी बाँच्छिन् जस्तो मलाई लाग्दैन।’
यद्यपि, स्थानीय मिडियाले अभियक्तसँग उनको अर्को एउटा सहयोगी पनि भएको बताएको छ।

स्थानीय पत्रकार मोना पटेलले बीबीसी हिन्दीसँगको कुराकानीमा भनिन्, ‘पीडित अहिले थोरै मात्र बोल्न सकेकी छिन्।

त्यसैले घटनाबारे स्पष्ट जानकारी पाउन समय लाग्नेछ।’

अब, हेर्नुहोस समचारको यो भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here